
भजनसंग्रह 100
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1हे सारा पृथ्वी, आनन्दको निम्ति याहवेहको जयजयकार गर!
2हर्षकासाथ याहवेहको आराधना गर; आनन्दका गीतहरू गाउँदै उहाँको सामु आओ!
3याहवेह नै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँले हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौँ; हामी उहाँका प्रजा, र उहाँका खर्कका भेडाहरू हौँ।
4धन्यवादसाथ उहाँका मूलढोकाहरूभित्र पस; र प्रशंसा गर्दै उहाँका चोकहरूमा प्रवेश गर; उहाँलाई धन्यवाद देओ, र उहाँको नामको प्रशंसा गर!
5किनकि याहवेह भलो हुनुहुन्छ, र उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ; उहाँको विश्वासयोग्यता सबै पुस्ताहरूमा रहिरहन्छ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.