
भजनसंग्रह 94
पवित्र बाइबल
1हे परमप्रभु, परमेश्वर जसले बदला लिनुहुन्छ । हे बदला लिनुहुने परमेश्वर, हामीमाथि चम्किनुहोस् ।
2हे पृथ्वीका न्यायकर्ता, उठ्नुहोस् । घमण्डीहरूलाई जे सुहाउँदो हुन्छ, त्यो तिनीहरूलाई दिनुहोस् ।
3हे परमप्रभु, दुष्टहरू कहिलेसम्म खुसी हुनेछन्, दुष्टहरू कहिलेसम्म आनन्दित हुनेछन्?
4तिनीहरू आफ्ना घमण्डका शब्दहरू पोखाउँछन् । खराब गर्नेहरू सबै जना अहङ्कार गर्छन् ।
5हे परमप्रभु, तिनीहरूले तपाईंका मानिसहरूलाई कुल्चिन्छन् । तिनीहरूले तपाईंका जातिलाई कष्ट दिन्छन् ।
6तिनीहरूले विधवाहरू र तिनीहरूका देशमा बस्ने विदेशीलाई मार्छन्, अनि तिनीहरूले अनाथहरूको हत्या गर्छन् ।
7तिनीहरू भन्छन्, “परमप्रभुले देख्नुहुन्न । याकूबका परमेश्वरले यो कुरामा ध्यान दिनुहुन्न ।”
8ए बुद्धिहीन मानिसहरू हो, तिमीहरू बुझ । ए मूर्खहरू, तिमीहरू कहिले सिक्नेछौ?
9उहाँ जसले कान बनाउनुभयो, उहाँले सुन्नुहुन्न र? उहाँ जसले आँखा बनाउनुभयो, उहाँले देख्नुहुन्न र?
10उहाँ जसले जातिहरूलाई अनुशासित गर्नुहुन्छ, के उहाँले सच्याउनुहुन्न र? मानिसलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ ।
11परमप्रभुले मानिसहरूका विचारहरू जान्नुहुन्छ, ती वाफ हुन् ।
12हे परमप्रभु, तपाईंले जसलाई शिक्षा दिनुहुन्छ, जसलाई तपाईंले आफ्नो व्यवस्था सिकाउनुहुन्छ, त्यो धन्यको हो ।
13दुष्टहरूका निम्ति खाडल नखनेसम्म तपाईंले त्यसलाई कष्टको समयमा विश्राम दिनुहुन्छ ।
14किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई त्यग्नुहुन्न वा आफ्ना उत्तराधिकारलाई छोड्नुहुन्न ।
15फैसला फेरि धर्मीको आधारमा हुनेछ । अनि हृदयमा सोझो हुनेहरू सबै जनाले यसको अनुसरण गर्नेछन् ।
16खराब गर्नेहरूका विरुद्धमा मेरो सुरक्षा गर्न को उठ्नेछ? दुष्टको विरुद्धमा मेरो समर्थनमा को खडा हुनेछ ?
17परमप्रभु मेरो सहायता नहुनुभएको भए, म तुरुन्तै मौनताको ठाउँमा पल्टिरहेको हुनेथिएँ ।
18जब मैले भनें, “मेरो खुट्टा चिप्लँदैछ,” हे परमप्रभु, तपाईंको करारको विश्वस्तताले मलाई माथि उचाल्यो ।
19जब मभित्र फिक्रीहरू धैरै हुन्छन्, तब तपाईंका सान्त्वनाहरूले मलाई खुसी बनाउँछन् ।
20के विनाशको सिंहासन, जसले नियमद्वारा अन्यायको सृजना गर्छ सो तपाईंसँग मिल्न सक्छ र?
21तिनीहरू धर्मीको ज्यान लिन सँगै षड्यन्त्र रच्छन् र तिनीहरूले निर्दोषलाई मृत्युदण्ड दिन्छन् ।
22तर परमप्रभु मेरो अग्लो धरहरा हुनुभएको छ र मेरो परमेश्वर मेरो शरणस्थानको चट्टान हुनुभएको छ ।
23तिनीहरूका आफ्नै अधर्म उहाँले तिनीहरूमाथि ल्याउनुहुनेछ र तिनीहरूको आफ्नै दुष्टतामा तिनीहरूलाई नष्ट गर्नुहुनेछ । परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई नष्ट पार्नुहुनेछ ।
पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.