A faithful traveler rests beneath a fruitful tree while chaff scatters across a barren path

भजनसंग्रह 1

पवित्र बाइबल
1त्यो मानिस धन्यको हो जो दुष्‍टको सल्लाहमा हिंड्दैन वा पापीहरूका मार्गहरूमा खडा हुँदैन वा गिल्‍ला गर्नेहरूको सभामा बस्दैन ।
2तर त्यसको खुसी परमप्रभुको व्यवस्थामा हुन्छ र उहाँको व्यावस्थमा त्यसले दिन र रात मनन् गर्छ ।
3त्यो खोलाको किनारमा रोपेको रूखजस्तै हुनेछ जसले आफ्‍नो ऋतुमा त्‍यसको फल दिन्छ जसको पातहरू कहिल्यै ओइलाउँदैन त्यसले जे गरे पनि सफल हुनेछ ।
4दुष्‍टहरू त्‍यस्ता होइनन् तर हावाले उडाउने भुसजस्तै हुन् ।
5त्यसैले दुष्‍टहरू न्यायमा खडा हुनेछैनन् न त पापीहरू धर्मीको सभामा हुनेछन् ।
6किनकि परमप्रभुले धर्मीलाई मार्गदर्शन गर्नुहुन्छ तर दुष्‍टको मार्ग भने नष्‍ट हुनेछ ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.