Families from many lands gather with musicians and dancers inside Jerusalem's open gates

भजनसंग्रह 87

पवित्र बाइबल
1उहाँले स्थापित गर्नुभएको सहर पवित्र पर्वतमा खडा छ ।
2याकूबका सबै पालभन्दा धेरै पमरप्रभुले सियोनको ढोकाहरूलाई नै मन पराउनुहुन्छ ।
3हे परमेश्‍वरको सहर, तेरो बारेमा महिमित कुराहरू भनिएको छ । सेला
4“मेरा अनुसरण गर्नेहरूलाई म राहाब र बेबिलिन उल्लेख गर्छु । हेर, कूशसँगै पलिश्ति र टुरोस छन्, र भन्‍नेछन् 'यो त्यहाँ जन्मियो' ।”
5सियोनको बारेमा यसो भनिनेछ, “यिमध्‍ये हरेक त्‍यहाँ जन्मेका थियो । अनि सर्वोच्‍चले नै त्यसलाई स्थापित गर्नुहुनेछ ।”
6परमप्रभुले जातिहरूका जनगणनाका पुस्तकमा लेख्‍नुहुन्छ, “यो त्‍यहाँ जन्मेको थियो ।” सेला
7त्यसैले पनि गायकहरू र नाच्‍नेहरूले पनि मिलेर भन्‍छन्, “मेरा सबै मूलहरू तँमा छन् ।”

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.