An elder shows healed scars to younger listeners beside cut ropes as former oppressors leave

भजनसंग्रह 129

पवित्र बाइबल
1“मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्,” इस्राएलले भनोस् ।
2“मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्, तापनि तिनीहरूले मलाई पराजित गरेका छैनन् ।
3हलो जोत्‍नेहरूले मेरो ढाडमा जोते । तिमीहरूले आफ्‍ना हलोको डोबलाई लामो बनाए ।
4परमप्रभु धर्मी हुनुहुन्छ । उहाँले दुष्‍टहरूका डोरीहरू काट्नुभएको छ ।”
5सियोनलाई घृणा गर्नेहरू सबै जना लाजमा परून् र फर्केर जाऊन् ।
6तिनीहरू घरमाथिका घाँसहरूजस्ता होऊन् जुन बढ्नअगि नै ओइलाउँछ,
7जसले कटनी गर्नेको हात भर्न सक्दैन वा अन्‍नको बिटा बाँध्‍नेको छाती ढाक्‍न सक्दैन ।
8त्यो बाटो हिंड्‍नेहरूले यसो नभनून्, “परमप्रभुको आशिष्‌‌‌ तिमीमाथि रहोस् । तिमीलाई परमप्रभुको नाउँमा हामी आशिष्‌ ‌‌दिन्छौं ।”

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.