
भजनसंग्रह 117
पवित्र बाइबल
1ए सबै जातिहरूका मानिस हो, परमप्रभुको प्रशंसा गर । ए सबै मानिसहरू हो, उहाँलाई उच्च पार ।
2किनभने हामीप्रति उहाँको करारको विश्वस्तता महान् छ र परमप्रभुको सत्यता सदासर्वदा रहन्छ । परमप्रभुको प्रशंसा गर ।
पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.