
भजनसंग्रह 67
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1परमेश्वर हामीप्रति अनुग्रही होऊन्, र हामीलाई आशिष् देऊन्; अनि उहाँको मुहार हामीमाथि चम्काऊन्— सेला
2ताकि तपाईंको मार्ग पृथ्वीमाथि प्रकट होस्, अनि तपाईंको मुक्ति सबै राष्ट्रहरूको बीचमा थाहा होस्।
3हे परमेश्वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्; सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्।
4जाति-जातिहरू रमाऊन् र आनन्दले गाऊन्; किनकि तपाईंले जाति-जातिहरूलाई निष्पक्षसाथ शासन गर्नुहुन्छ, र पृथ्वीका राष्ट्रहरूलाई अगुवाइ गर्नुहुन्छ। सेला
5हे परमेश्वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्; सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्।
6भूमिले आफ्नो बाली उब्जनी गर्छ; परमेश्वर, हाम्रा परमेश्वरले हामीलाई आशिष् दिनुहुन्छ।
7परमेश्वरले हामीलाई अझै आशिष् देऊन्, कि समस्त पृथ्वीका मानिसहरूले उहाँको डर मानून्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.