Priests keep watch by lamplight as departing pilgrims cross the courtyard beneath stars and sunrise

भजनसंग्रह 134

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1हे याहवेहका सबै सेवकहरू हो, याहवेहको प्रशंसा गर! तिमीहरू, जो याहवेहको भवनमा राति उहाँको सेवा गर्दछौ।
2उहाँका पवित्रस्थानमा आफ्ना हात उचाल र याहवेहलाई प्रशंसा गर।
3स्वर्ग र पृथ्वी बनाउनुहुने याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्!

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.