
भजनसंग्रह 133
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1परमेश्वरका जनहरू एक-आपसमा एकतामा बस्नु कति असल र आनन्दमय कुरा हुन्छ!
2यो त शिरमा खन्याइने मूल्यवान् तेलजस्तो हुन्छ, जो दाह्रीसम्म बगेर जान्छ, हारूनको दाह्रीसम्म बगेर जान्छ, जो उनका पोशाकको कठालोसम्मै बगेर जान्छ।
3त्यो हेर्मोन पर्वतको शीत सियोन पर्वतमा परेजस्तै हुन्छ; किनकि त्यहीँ नै याहवेहले, आफ्नो अनन्त जीवनको आशिष् समेत खन्याउनुहुन्छ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.