An elder tracing family branches with cords and stones before many ancestral households

1 इतिहास 1

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1आदम, शेत, एनोश,
2केनान, महलालेल, येरेद,
3हनोक, मतूशेलह, लेमेक, नोआ थिए।
4नोआका छोराहरू: शेम, हाम र येपेत।
5येपेतका छोराहरू: गोमेर, मागोग, मादी, यावान, तूबल, मेशेक र तीरास।
6गोमेरका छोराहरू: अश्कनज, रिपत र तोगर्मा।
7यावानका छोराहरू: एलीशा, तर्शीश, कित्तीम र रोदानीम।
8हामका छोराहरू: कूश, इजिप्ट, पूत र कनान।
9कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह र सब्तेका। रामाहका छोराहरू: शेबा र ददान।
10कूश निम्रोदका पिता थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने।
11इजिप्टचाहिँ यिनीहरूका पिता थिए: लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्‍तूहीहरू,
12पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरू।
13कनानचाहिँ यिनीहरूका पिता थिए, आफ्ना जेठा छोरा सीदोन र हित्ती
14यबूसी, एमोरी, गिर्गाशी,
15हिव्वी, अरकी, सिनी,
16अर्वादी, सेमारी र हमातीहरू।
17शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम। अरामका छोराहरू: ऊज, हूल, गेतेर र मेशेक।
18अर्पक्षद शेलहका पिता थिए; अनि शेलहचाहिँ एबेरका पिता थिए।
19एबेरका दुई छोराहरू जन्मिए: एउटाको नाम पेलेग राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।
20योक्तान यिनीहरूका पिता थिए: अल्मोदद, शेलेप, हसर्मवेत, येरह,
21हदोराम, ऊजाल, दिक्ला,
22ओबाल, अबीमाएल, शेबा,
23ओपीर, हवीला र योबाब थिए। यी सबै योक्तानका छोराहरू थिए।
24शेम, अर्पक्षद, शेलह,
25एबेर, पेलेग, र रऊ,
26सरूग, नाहोर, तेरह,
27अनि अब्राम (जसलाई अब्राहाम पनि भनिन्छ)।
28अब्राहामका छोराहरू: इसहाक र इश्माएल।
29तिनीहरूका सन्तानहरू यिनै थिए: इश्माएलका जेठा छोरा नबायोत, केदार, अदबील, मिब्साम,
30मिश्मा, दुमा, मस्सा, हदद, तेमा,
31यतूर, नापीश र केदमा। यी सबै इश्माएलका छोराहरू थिए।
32अब्राहामकी उपपत्नी कतूराले जन्माएका छोराहरू: जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह। योक्षानका छोराहरू: शेबा र ददान।
33मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा र एल्दा। यी सबै कतूराका सन्तानहरू थिए।
34अब्राहाम इसहाकका पिता थिए। इसहाकका छोराहरू: एसाव र इस्राएल।
35एसावका छोराहरू: एलीपज, रूएल, येऊश, यालाम र कोरह।
36एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज; अनि तिम्नाबाट: अमालेक।
37रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा।
38सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान।
39लोतानका छोराहरू: होरी र होमान। तिम्नाचाहिँ लोतानकी बहिनी थिइन्।
40शोबालका छोराहरू: अल्बान, मानहत, एबाल, शपो र ओनाम। सिबोनका छोराहरू: अय्या र अना।
41अनाका छोरा: दीशोन। अनि दीशोनका छोराहरू: हेमदान, एश्बान, यित्रान र करान।
42एसेरका छोराहरू: बिल्हान, जावान र अकान । दीशानका छोराहरू: ऊज र अरान।
43कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए: बओरका छोरा बेला, जसको सहरको नाम दिन्हावा राखियो।
44बेलाको मृत्युपछि बोज्रामा बस्‍ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए।
45योबाबको मृत्युपछि तेमानीहरूको देशमा बस्‍ने हूशाम तिनको ठाउँमा राजा भए।
46हूशामको मृत्युपछि मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो।
47हददको मृत्युपछि मस्रेकामा बस्‍ने शम्‍ला तिनको ठाउँमा राजा भए।
48शम्‍लाको मृत्युपछि, यूफ्रेटिस नदी नजिकै बस्‍ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए।
49शौलको मृत्युपछि अक्बोरका छोरा बाल-हानान तिनको ठाउँमा राजा भए।
50बाल-हानानको मृत्युपछि हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो; जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्।
51हददको पनि मृत्यु भयो। एदोमका मुखियाहरू यिनीहरू नै थिए: तिम्ना, अल्वा, यतेत,
52ओहोलीबामा, एलाह, पीनोन,
53कनज, तेमान, मिब्सार,
54मग्दीएल र ईराम थिए। यिनीहरू एदोमका मुखियाहरू थिए।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.