Elderly Joshua giving farewell counsel to Israel’s leaders beneath a broad tree

यहोशू 23

पवित्र बाइबल
1परमप्रभुले तिनीहरूको वरिपरि भएका तिनीहरूका सबै शत्रुबाट विश्राम दिनुभएको धेरै समयपछि यहोशू वृद्ध भइसकेका थिए ।
2यहोशूले इस्राएलका धर्म-गुरुहरू, अगुवाहरू, न्यायकर्ताहरू सबैलाई बोलाए र तिनीहरूलाई भने, “म निकै वृद्ध भइसकेको छु ।
3परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका खातिर यी सबै जातिलाई गर्नुभएका सबै कुरा तिमीहरूले देखेका छौ, किनभने तिमीहरूका निम्ति लड्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुनुहुन्छ ।
4हेर, मैले तिमीहरूलाई पश्‍चिममा यर्दनदेखि महासमुद्रसम्म पहिले नै नष्‍ट पारेका जातिहरूका साथै तिमीहरूका कुलहरूका निम्ति उत्तराधिकारको रूपमा हुन विजय हासिल गर्न बाँकी रहेका जातिहरू तिमीहरूलाई दिएको छु ।
5परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई धपाउनुहुने छ । उहाँले तिनीहरूलाई तिमीहरूका खातिर फ्याँक्‍नुहुने छ । उहाँले तिनीहरूको भू-भाग कब्जा गर्नुहुने छ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको भूमि अधीन गर्ने छौ ।
6त्यसैले निकै बलियो होओ, ताकि मोशाको व्यवस्थाबाट न त दहिने न त देब्रेतिर नलागी सबै पालन गर ।
7त्यसैले तिमीहरू तिमीहरूका माझमा रहेका जातिहरूसँग नमिसिओ वा तिनीहरूका देवताहरूको नाउँ उच्‍चारण नगर, तिनीहरूको शपथ नखाओ, तिनीहरूको आराधना नगर वा तिनीहरूलाई दण्डवत् नगर ।
8बरु, तिमीहरूले आजको दिनसम्म गरेझैँ तिमीहरूका परमप्रभु परमश्‍वरमा नै रहिरहो ।
9किनभने परमप्रभुले ठुलो र बलियो जातिहरूलाई तिमीहरूको सामु धपाउनुभएको छ, आजको दिनसम्म कोही तिमीहरूको सामु खडा हुन सकेको छैन ।
10तिमीहरूमध्ये एक जनाले हजार जनालाई भगाउनेछ, किनभने तिमीहरूका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ उहाँ तिमीहरूका निम्ति लड्नुहुने छ ।
11विशेष ध्यान देऊ, ताकि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर
12तर यदि तिमीहरू तिमीहरूमाझ बाँकी रहेका यी जातिहरूसँग लाग्यौ र पछि हट्यौ भने वा यदि तिमीहरूले तिनीहरूसँग अन्तर-जातीय विवाह गर्‍यौ भने वा यदि तिमीहरू उनीहरूसँगै आयौ र उनीहरू तिमीहरूसँग सबै आए भने,
13यो जान कि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू माझबाट यी जातिहरूलाई धपाउनुहुने छैन । बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरू नष्‍ट नभएसम्म उनीहरू तिमीहरूका निम्ति पासो र जाल अनि तिमीहरूका पीठमा कोर्रा, तिमीहरूका आँखाका कसिङ्गर हुने छन् ।
14म सबै पृथ्वीको मार्गमा जाँदै छु, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको बारेमा प्रतिज्ञा गर्नुभएको कुनै पनि असल कुरा सत्य साबित हुन एक शब्द पनि चुकेको छैन भनी तिमीहरूले आफ्नो सारा ह्रदय र आफ्नो सारा प्राणले जान्दछौ । यी सबै कुरा तिमीहरूका निम्ति पुरा भएका छन् । तिनमा एउटै पनि चुकेको छैन ।
15तर जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएका सबै वचन पुरा भएको छ, त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरूलाई नष्‍ट नगरेसम्म परमप्रभुले तिमीहरूमाथि सबै खराबी ल्याउनुहुने छ ।
16यदि तिमीहरूले पालन गर्न तिमीहरूलाई उहाँले आज्ञा गर्नुभएको परमप्रभु तिमीहरूका परमेश्‍वरको करार तोड्यौ भने, उहाँले यो गर्नुहुने छ । यदि तिमीहरू जान्छौ र अरू देवताहरूको आराधना गर्छौ र दण्डवत् गर्छौ भने, परमप्रभुको क्रोध तिमीहरूविरुद्ध दन्किने छ र उहाँले तिमीहरूलाई दिनुभएको असल भूमिबाट तिमीहरू चाँडै नष्‍ट हुने छौ ।”

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.