Jeremiah and a vulnerable family watching unpaid laborers haul cedar for a lavish royal palace

यर्मिया 22

पवित्र बाइबल
1परमप्रभु यसो भन्‍नुहुन्छ, “यहूदाको राजाको घरमा तल जा र त्यहाँ यो वचन घोषणा गर्,
2यसो भन, 'ए यहूदाका राजा, तँ जो दाऊदको सिंहासनमा बस्‍छस्, तँ र तेरा सेवकहरू र यी ढोकाहरूद्वारा आउने तेरा मानिसहरू हो, परमप्रभुको वचन सुन ।
3परमप्रभु यसो भन्‍नुहुन्छः न्याय र धार्मिकता कायम राख, अनि लुटिएको कुनै व्यक्तिलाई थिचोमिचो गर्नेको हातबाट छुटकारा देओ । तिमीहरूको देशमा भएका कुनै पनि विदेशी वा अनाथ वा विधवालाई दुर्व्यवहार नगर । यस ठाउँमा हिंसा नगर वा निर्दोष रगत नबगाओ ।
4तिमीहरूले साँच्‍चै यी कुरा गर्‍यौ भने, दाऊदको सिंहासनमा बस्‍ने राजाहरू, रथ र घोडाहरूमा सवार ऊ, उसका सेवकहरू र उसका मानिसहरू यी ढोकाहरूभित्र यो मन्‍दिरमा पस्‍नेछन् ।
5तर मैले घोषणा गरेका यी वचन तिमीहरूले सुन्‍दैनौ भने—यो राजदरबार भग्‍नावशेष हुनेछ, यो परमप्रभुको घोषणा हो' ।”
6किनकि यहूदाका राजाको घरानाको बारेमा परमप्रभु यसो भन्‍नुहुन्छ, 'तँ मेरो लागि गिलाद वा लेबनानको टाकुराजस्तै छस् । तापनि म तँलाई उजाड-स्थान, मानिसहरू नबस्‍ने सहरहरूजस्तै तुल्याउनेछु ।
7किनकि तेरो विरुद्धमा आउनलाई मैले विनाशकहरू तोकेको छु । मानिसहरूले आ-आफ्ना हतियारहरूले सबैभन्दा राम्रा-राम्रा देवदारुहरू काट्नेछन् र तिनलाई आगोमा जलाउने छन् ।
8तब धेरै जातिहरू त्यस सहर भएर जानेछन् । एउटाले अर्कोलाई सोध्‍ने छ, 'यस महान् सहरप्रति परमप्रभुले किन यसरी व्यवहार गर्नुभएको होला ?'
9तब अर्कोले जवाफ दिनेछ, 'किनकि तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको करारलाई त्यागे र अरू देवताहरूको सामु निहुरे र तिनीहरूको पुजा गरे ।”
10मृत्‍यु भएको व्यक्तिको निम्‍ति नरोओ वा त्यसको निम्तो शोक गर, तर टाढा लगिन लागेको व्यक्तिप्रति धुरुधुरु रोओ, किनकि त्यो फेरि कहिल्यै फर्किने अनि आफ्नो जन्मभूमि देख्‍नेछैन ।'
11किनकि यहूदाका राजा योशियाहका छोरा यहोआहाज जसले आफ्ना पिता योशियाहको सट्टामा राजा भई सेवा गरे, तिनको बारेमा परमप्रभु भन्‍नुहुन्छ, 'ऊ यस ठाउँबाट गएको छ, र फर्केर आउनेछैन ।
12जहाँ तिनीहरूले उसलाई कैद गरेर लगेका छन्, ऊ त्यहीं मर्नेछ, र उसले फेरि कहिल्यै यो देश देख्‍नेछैन ।'
13जसले आफ्नो घर अधार्मिकता, आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ, जसले आफ्नो छिमेकीलाई सित्तैमा काम लगाउँछ, अनि जसले उसलाई ज्याला दिंदैन, त्‍यसलाई धिक्‍कार छ ।
14उसले भन्छ, 'आफ्नो निम्ति माथिल्ला कोठाहरू फराकिलो भएको एउटा ठुलो महल म बनाउनेछु ।' त्यसले उसले त्‍यसको निम्‍ति ठुला-ठुला झ्यालहरू बनाउँछ र त्‍यसमा देवदारुका पल्लाहरू हाल्‍छ अनि उसले त्‍यसमा रातो रङ लगाऊँछ ।
15के यही कुराले तँलाई असल राजा बनाउँछन्, कि तैंले देवदारुका फल्याकहरू पाउने इच्‍छा गरिस् ? तेरा बाबुले पनि खाए र पिए, तापनि न्याय र धार्मिकता कायम राखे, होइन र ? त्यसको लागि असल कुराहरू नै भए ।
16उसले गरिबहरू र खाँचोमा परेकाहरूको पक्षमा न्याय गर्‍यो । त्यस बेला राम्रै भएको थियो । के मलाई चिन्‍नुको अर्थ यही होइन र ? यो परमप्रभुको घोषणा हो ।
17तर तेरो दृष्‍टि र हृदयमा बेइमान नाफा कमाउनु, निर्दोषहरूको रगत बगाउनु, अरूहरूलाई थिचोमिचो र अत्याचार गरेर कमाउनुबाहेक अरू केही छैन ।
18त्यसकारण यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छः 'हाय, मेरा दाजु! हाय मेरी बहिनी!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् । 'हाय, मेरा मालिक! हाय, उहाँको गौरव!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् ।
19त्यसलाई एउटा गधालाई गाडेझैं घिसारेर टाढा लगिन्‍छ र यरूशलेमका ढोकाहरूको बाहिर फ्याँकिनेछ ।
20लेबनानका पहाडहरूमा उक्लेर जा र चर्को गरी करा । बाशानमा तेरो सोर निकाल् । अबारीम पहाडहरूबट चर्को गरी करा, किनकि तेरा सबै मित्रहरू नष्‍ट गरिनेछन् ।
21तँ सुरक्षित हुँदा मैले तँसित बोलेँ, तर तैंले भनिस्, 'म सुन्‍ने छैनँ ।' तेरो युवावस्थादेखि यो तेरो चलन थियो, किनकि तैंले मेरो सोर सुनेको छैनस् ।
22बतासले तेरा सबै गोठालालाई उडाएर लैजानेछ, र तेरा मित्रहरू निर्वासनमा लगिनेछन् । तब तेरा सबै दुष्‍ट कामद्वारा तँ निश्‍चय नै लज्‍जित हुनेछस्, र अपमानित हुनेछस् ।
23तँ जो 'लेबनान' मा बस्‍छस्, जुन देवदारुले बनेका घरहरू हुन्, प्रसव-वेदनमा भएकी स्‍त्रीलाई जस्तै तँमाथि पीडा आउँदा तँ कसरी तँमाथि दया गरिनेछ र ।”
24“यो परमप्रभुको घोषणा हो, जस्तो म जीवित छु, ए यहूदाका राजा यहोयाकीमको छोरो यहोयाकीन, तँ मेरो हातको छाप-औंठी होस्, म तँलाई धुजाधुजा पार्नेछु ।
25किनकि मैले तँलाई तेरो ज्यान लिन खोज्नेहरूको हातमा र जससँग तँ डराउँछस् तिनीहरूकै हातमा, बेबिलोनका राजा नबूकदनेसर र कल्दीहरूको हातमा सुम्पिदिएको छु ।
26तँलाई र तँलाई जन्म दिने तेरी आमालाई म आर्को देशमा फल्‍नेछु, जुन देशमा तँ जन्‍मेको थिइनस् र त्यहाँ तिमीहरू मर्नेछौ ।
27यस देशको बारेमा जहाँ तिनीहरू फर्केर आउन इच्‍छा गर्नेछन्, तिनीहरू यहाँ फर्केर आउनेछैनन् ।
28के यो तिरस्कृत र टुक्रटुक्रा भएको भाँडो हो ? के यो मानिस यहोयाकीन एउटा त्‍यस्‍तो भाँडो हो जसले कसैलाई खुसी पार्दैन ? ऊ र उसका सन्तानहरूलाई किन तिनीहरूले बाहिर फालेका छन् र तिनीहरूले नचिनेका देशमा तिनीहरूलाई पठाएका छन् ?
29ए देश, ए देश, ए देश! परमप्रभुको वचन सुन् ।
30परमप्रभु यसो भन्‍नुहुन्छ, 'यो मानिस यहोयाकीनको बारेमा लेखः ऊ सन्तानहीन हुनेछ । उसको आफ्नो जीवनकालमा उसले उन्‍नति गर्नेछैन, र उसका सन्तानहरूमध्ये कसैले पनि सफलता हासिले गर्नेछैनन्, वा फेरि कहिल्यै दाऊदको सिंहासनमा बस्‍नेछन् र यहूदामाथि राज्‍य गर्नेछन् ।”

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.