Solomon surveying fortified cities, trade caravans, ships, and ordered temple worship

२ इतिहास 8

पवित्र बाइबल
1सोलोमनले परमप्रभुको मन्‍दिर र आफ्‍नो राजमहल निर्माण गरेका बिस वर्षको समयको अन्‍तमा यस्‍तो भयो,
2हीरामले सोलोमनलाई दिएका सहरहरूका तिनले पुनर्निर्माण गरे र तिनमा इस्राएलका मानिहरूलाई तिनले बसाले ।
3सोलोमनले हमातसोबालाई आक्रमण गरे र त्‍यसलाई हराए ।
4तिनले उजाड-स्‍थानमा तदमोरको पुनर्निर्माण गरे र सबै भण्‍डारणका सहर जसलाई तिनले हमातमा बनाए ।
5तिनले माथिल्‍लो बेथ होरोन र तल्‍लो बेथ होरोनलाई पर्खालहरू, ढोकाहरू र बारहरू लगाएर किल्लाबन्‍दी गरे ।
6तिनले बालात आफूसँग भएका भण्‍डारणका सबै सहर र आफ्‍ना रथहरू सबै सहर र घोडाचडीहरूका निम्‍ति सहरहरू र यरूशलेममा, लेबनानमा र आफ्‍ना सारा राज्‍यमा सारा देशभरि आफूले जे इच्‍छा गरे त्‍यो तिनले बनाए ।
7हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूका सबै बाँकी रहेकाहरू, जो इस्राएलका थिएनन्,
8तिनीहरूपछि देशमा छोडिएका तिनीहरूका सन्‍तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्‌—सोलोमनले तिनीहरूलाई ज्‍यालाबिनाका श्रमिक बनाए, जसमा तिनीहरू आजको दिनसम्‍मै रहेका छन्‌ ।
9तापनि सोलोमनले इस्राएलका मानिसलाई ज्‍यालाबिनाका श्रमिक बनाएनन् । बरु, तिनीहरू तिनका सिपाहीहरू, कमाण्‍डरहरू, अधिकारीहरू, अनि सारथि र घोडचडीका कमाण्‍डरहरू भए ।
10सोलोमनका निरीक्षकहरूका मुख्‍य अधिकारीहरू यिनैमध्येबाट भए जो २५० जना थिए, जसले काम गर्नेहरूको निरीक्षण गरे ।
11सोलोमनले फारोकी छोरीलाई दाऊदको सहरबाट तिनको निम्‍ति बनाएको महलमा ल्‍याए, किनकि तिनले भने, “मेरी पत्‍नी इस्राएलका राजा दाऊदको महलमा बस्‍नेछैनन्, किनभने परमप्रभुको सन्‍दूक ल्याइएका ठाउँहरू पवित्र छन्‌ ।”
12तब सोलोमनले दलानको अगाडिपट्टि आफूले बनाएको वेदीमा परमप्रभुको निम्‍ति होमबलिहरू चढाए ।
13दिन-दिनको सूचीअनुसार तिनले बलिदानहरू चढाए । मोशाको आज्ञामा भएका निर्देशनबमोजिम तिनले शबाथ दिन, औंसी र वर्षेनी तिन पल्‍ट चढाउने चाडहरूः अखमिरी रोटीको चाड, साताहरूको चाड र छाप्रो-वासको चाडमा तोकिएबमिजिम तिनले चढाए ।
14आफ्‍ना पिता दाऊदको विधिहरू पालन गर्ने कुरामा सोलोमनले प्रतिदिनको लागि आवश्यक परेअनुसार पुजारीका दलहरूलाई आआफ्‍ना काममा र लेवीहरूलाई चाहिं परमेश्‍वरको स्‍तुति गर्ने र पुजारीहरूका अगि सेवा गर्ने तिनीहरूका दर्जामा नियुक्त गरे । हरेक ढोकामा तिनले ढोकाका रक्षकहरू आफ्‍ना दलअनुसार रहनलाई नियुक्त गरे, किनकि परमेश्‍वरका मानिस दाऊदले यसरी नै आज्ञा दिएका थिए ।
15पुजारीहरू र लेवीहरूलाई कुनै पनि विषयमा वा अनि भण्‍डारण कोठाहरूका विषयमा राजाले दिएका आज्ञाबाट यी मानिसहरू तर्किएनन् ।
16परमप्रभुका मन्‍दिरको जग बसालेदेखि त्‍यो पूरा नभएसम्‍म सोलोमनले आज्ञा गरेका सबै काम सम्‍पन्‍न भएको थियो । परमप्रभुको मन्‍दिर बनाउने काम सकियो ।
17त्‍यसपछि सोलोमन एदोम देशको किनारमा भएको एस्‍योन-गेबेर र एलातमा गए ।
18अनि हीरामले समुद्रको बारेमा जानकारी भएका मानिसहरूसहितका आफ्‍ना अधिकारीहरूका कमाण्‍डमा रहेका रहेका पानी जहाजहरू पठाइदिए र सोलोमनका सेवकहरूका साथमा तिनीहरू ओपीरमा गए र तिनीहरूले त्‍यहाँबाट सोह्र टन सुन ल्‍याए र त्‍यो सोलोमन राजालाई दिए ।

पवित्र बाइबल — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 2019 by Door43 World Missions Community. Supplied unaltered through eBible.org. Text unchanged, used under CC BY-SA 4.0.