Immense storm waves crash below a steadfast Jerusalem sanctuary as priests watch from high rock

भजनसंग्रह 93

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1याहवेहले राज्य गर्नुहुन्छ, उहाँ वैभवले आभूषित हुनुहुन्छ; याहवेह वैभवले आभूषित हुनुहुन्छ; र शक्तिले सुसज्जित हुनुहुन्छ; निश्‍चय नै संसार दृढ र सुरक्षित स्थापित गरिएको छ।
2अनादिदेखि तपाईंको सिंहासन स्थापित भएको छ; तपाईं अनन्तदेखि हुनुहुन्छ।
3हे याहवेह, समुद्रहरू उर्लिआएका छन्, समुद्रहरूले आफ्नो गर्जन उच्‍च पारेका छन्; तिनका भयानक छालहरू उर्लिएका छन्।
4महासमुद्रको गर्जनभन्दा शक्तिशाली, समुद्रका तरङ्गहरूभन्दा पनि शक्तिशाली— उच्‍चमा हुनुहुने याहवेह शक्तिशाली हुनुहुन्छ।
5हे याहवेह, तपाईंका कानुनहरू दृढ रहन्छन्; अनन्तकालको निम्ति तपाईंको भवन पवित्रताले सुसज्जित छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.