An elder advocates for poor families and children before wealthy, indifferent judges in an ancient court

भजनसंग्रह 82

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1परमेश्‍वर विशाल समुदायमा आफ्नो स्थान ग्रहण गर्नुहुन्छ; “देवताहरूका” बीचमा उहाँले न्याय गर्नुहुन्छ।
2कहिलेसम्म तिमीहरू अन्यायीहरूको पक्ष लिइबस्छौ? र दुष्‍टहरूको पक्ष लिइरहन्छौ? सेला
3दुर्बल र अनाथहरूका पक्षमा खडा होऊ; गरिब र अत्याचारमा परेकाहरूको हकको रक्षा गर!
4दुर्बल र गरिबहरूलाई छुटाओ; दुष्‍टहरूका हातबाट तिनीहरूलाई मुक्त गर!
5“तिनीहरू न केही जान्दछन्, न त केही बुझ्दछन्; तिनीहरू अन्धकारमा यताउता डुल्छन्; पृथ्वीका सारा जग नै डगमगाएका छन्।
6“मैले भनेँ, ‘तिमीहरू “देवहरू” हौ; तिमीहरू सबै सर्वोच्‍च परमेश्‍वरका छोराहरू हौ।’
7तर तिमीहरू साधारण मानिसहरूझैँ मर्नेछौ; अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।”
8हे परमेश्‍वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्; किनकि सारा राष्ट्रहरू तपाईंका उत्तराधिकार हुन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.