A vulnerable traveler cries urgently while hostile pursuers falter and friends rush to provide aid

भजनसंग्रह 70

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1हे परमेश्‍वर, मलाई बचाउनुहोस्; हे याहवेह, मलाई सहायता गर्न चाँडै आउनुहोस्!
2मेरो प्राण लिन खोज्नेहरू सबै जना शर्ममा र अन्योलमा परून्; मेरो विनाश चाहनेहरू सबै पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्।
3मलाई “खुच्‍चिङ! खुच्‍चिङ!” भन्दै ठट्टा उडाउनेहरू, लाजको कारण पछि फर्कून्।
4तर तपाईंलाई खोज्नेहरू सबै, तपाईंमा रमाऊन् र आनन्दित होऊन्; तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्, “परमेश्‍वर महान् हुनुहुन्छ!”
5तर म त गरिबी र अभावमा छु; हे परमेश्‍वर, मकहाँ चाँडो आउनुहोस्; तपाईं मेरा सहायक र छुटकारा दिने हुनुहुन्छ; हे याहवेह, ढिलो नगर्नुहोस्!

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.