Corrupt leaders feast at a city gate while humble families share bread and look toward Zion

भजनसंग्रह 53

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1मूर्खले आफ्नो मनमा भन्छ, “परमेश्‍वर छँदैछैन।” तिनीहरू भ्रष्‍ट छन्, र तिनीहरूका चाल लाजमर्दो छ; असल काम गर्ने कोही पनि छैन।
2परमेश्‍वरले स्वर्गबाट सबै मानिस जातिलाई हेर्नुहुन्छ यो जान्‍नलाई कि कोही त समझदार होला, जसले परमेश्‍वरको खोजी गर्दछ?
3तर हरेक मानिस भड्किगएका छन्, सबै जना भ्रष्‍ट भएका छन्; असल गर्ने कोही छैन, एक जना पनि छैन।
4के यी सबै दुष्‍ट काम गर्नेहरूले केही पनि जान्दैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्; तिनीहरूले परमेश्‍वरलाई कहिल्यै पुकार्दैनन्।
5तर जहाँ डराउनुपर्ने कुनै कारण नै थिएन, त्यहीँ नै तिनीहरू डरले व्याकुल भए। परमेश्‍वरले तिमीहरूलाई आक्रमण गर्नेहरूका हड्डीहरू छरपस्ट पार्नुभएको छ; तिमीहरूले तिनीहरूलाई शर्ममा पारेका छौ; किनभने परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुभएको थियो।
6अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो! जब परमेश्‍वरले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ, तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.