A man prays at night while a family sleeps peacefully inside a lamplit home

भजनसंग्रह 4

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1हे मेरा धार्मिक परमेश्‍वर, मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्। मेरो सङ्कष्‍टबाट मलाई मुक्त गर्नुहोस्; ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्‍नुहोस्।
2हे मानिसहरू हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म शर्ममा परिवर्तन गरिरहन्छौ? तिमीहरू कहिलेसम्म व्यर्थका कुराहरू मन पराउँछौ र असत्यको पछि लागिरहन्छौ? सेला
3याद राख: याहवेहले आफ्नो निम्ति विश्‍वासयोग्य सेवकहरू छुट्ट्याउनुभएको छ; मैले पुकार गर्दा याहवेहले सुन्‍नुहुन्छ।
4रिसमा पर्दा पाप नगर। जब तिमी ओछ्यानमा पल्टन्छौ, आफ्नो हृदयभित्र मनन गर, र शान्त रहो। सेला
5धार्मिकताका बलिदानहरू चढाओ, र याहवेहमाथि भरोसा राख।
6धेरैले सोध्दछन्, “हामीलाई कसले असल कुरा देखाउन सक्ला?” हे याहवेह, तपाईंको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्!
7तपाईंले तिनीहरूका कटनी र नयाँ दाखमद्यको प्रशस्ततामा हुने, आनन्दभन्दा बढी आनन्दले मेरो हृदय भरिदिनुभएको छ।
8म शान्तिसँग पल्टिनेछु र निदाउनेछु; किनकि हे याहवेह, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.