
भजनसंग्रह 150
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1याहवेहको प्रशंसा गर! परमेश्वरलाई उहाँको पवित्र वासस्थानमा प्रशंसा गर; उहाँको शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर!
2उहाँका शक्तिशाली कामहरूको निम्ति उहाँको प्रशंसा गर; उहाँको अपार महानताको निम्ति उहाँको प्रशंसा गर!
3तुरही फुक्दै उहाँको प्रशंसा गर; वीणा र सितार बजाएर उहाँको प्रशंसा गर!
4खैँजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर; तारबाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
5झ्याली बजाएर उहाँको प्रशंसा गर; गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!
6सास हुने हरेकले याहवेहको प्रशंसा गरून्! याहवेहको प्रशंसा गर!
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.