
भजनसंग्रह 131
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1हे याहवेह, मेरो हृदय घमण्डी छैन, मेरा आँखाहरू हठी छैनन्; म ठूला-ठूला कुराहरू अथवा आफूले पाउनै नसक्ने कुराहरूमा आफूलाई अल्झाउँदिनँ।
2तर मैले आफूलाई शान्त र चुप गराएको छु; आमासँग तृप्त भएर बसेको बालकझैँ, आमाको दूध छुटाइएको बालकझैँ म सन्तुष्ट छु।
3हे इस्राएल, अहिले र सदासर्वदा याहवेहमा नै आफ्नो आशा राख्!
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.