
भजनसंग्रह 128
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1याहवेहको भय मान्नेहरू र उहाँमा आज्ञाकारी भएर हिँड्नेहरू सबै धन्यका हुन्।
2तिमीले आफ्ना परिश्रमको कमाइ खानेछौ; भलाइ र समृद्धि तिम्रा हुनेछन्।
3तिम्रो घरमा तिम्री पत्नी फलवन्त दाखको बोटझैँ हुनेछिन्; र तिम्रा छोराछोरीहरू तिम्रो टेबुलको वरिपरि जैतुनका मुनाहरूजस्तै हुनेछन्।
4हो, याहवेहको भय मान्ने जन यसरी नै आशिषित हुनेछ।
5याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्; तिम्रो जीवनभरि नै तिमीले यरूशलेमको समृद्धि देख्नेछौ।
6तिमी आफ्ना नातिनातिनाहरूलाई देख्ने गरी बाँच— इस्राएलमाथि शान्ति रहोस्!
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.