A community helps one another escape rushing water as a small bird flies from an opened net

भजनसंग्रह 124

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1यदि याहवेह हाम्रो पक्षमा नहुनुभएको भए— इस्राएलले भनोस्—
2मानिसहरूले हामीलाई आक्रमण गर्दा, याहवेह हाम्रो पक्षमा नहुनुभएको भए;
3तिनीहरूका क्रोध हाम्रो विरुद्ध दन्केको बेला, तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए;
4उर्लिआएको बाढीले हामीलाई डुबाउनेथियो; अनि भल उर्लेर हामीलाई बगाउने थियो।
5उर्लंदो पानीले हामीलाई बगाएर टाढा लैजानेथियो।
6याहवेहलाई प्रशंसा होस्, जसले हामीलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन।
7शिकारीको पासोबाट चरा उम्केझैँ, हामी उम्केका छौँ; तिनीहरूको पासो छिनियो, र हामी उम्कियौँ।
8स्वर्ग र पृथ्वी सृष्‍टि गर्नुहुने, याहवेहको नाममा हाम्रो सहायता छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.