
भजनसंग्रह 117
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1हे सारा राष्ट्रहरू हो, याहवेहको प्रशंसा गर; हे सारा जातिहरू हो, उहाँको जयजयकार गर!
2किनकि हामीप्रति उहाँको अचुक प्रेम अपार छ; र याहवेहको विश्वासयोग्यता सदासर्वदा रहिरहन्छ। याहवेहको प्रशंसा गर!
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.