A royal musician plays at sunrise beside worshipers and soldiers overlooking distant fortified lands

भजनसंग्रह 108

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1हे परमेश्‍वर, मेरो हृदय स्थिर छ; म गाउनेछु र मेरो सम्पूर्ण प्राणले धुन बजाउनेछु।
2हे सारङ्गी र वीणा जाग्! म प्रभातलाई जगाउनेछु।
3हे याहवेह, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु।
4किनकि तपाईंको प्रेम महान् छ, आकाशभन्दा पनि उच्‍च छ; तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै पुग्दछ।
5हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्; सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्।
6तपाईंको दाहिने हातले हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्; ताकि तपाईंका प्रियजनहरूले छुटकारा पाऊन्।
7परमेश्‍वरले उहाँको वासस्थानबाट बोल्नुभएको छ: “विजयमा म शेकेमलाई विभाजन गर्नेछु, र सुक्‍कोतको बेँसीलाई नापेर छुट्ट्याउनेछु।
8गिलाद मेरो हो, मनश्शे पनि मेरै हो; एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्ड हो।
9मोआब मेरो हात धुने भाँडो हो; एदोममा म आफ्नो जुत्ता फाल्नेछु; पलिश्तीमाथिको विजयमा म कराउनेछु।”
10किल्‍ला भएको सहरमा मलाई कसले पुर्‍याइदेला? कसले मलाई एदोमसम्म डोर्‍याउला?
11हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई त्याग्नुभएको छ, र अहिले हाम्रा सेनाहरूका साथमा पनि जानुभएन?
12शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्; किनकि मानिसको सहायता व्यर्थ छ।
13परमेश्‍वरको सहायताद्वारा हामीले विजय प्राप्‍त गर्नेछौँ; र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.