Jeremiah reassuring a weary Baruch beside rolled blank scrolls as storm clouds pass over Jerusalem

यर्मिया 45

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1जब नेरियाहका छोरा बारूकले यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालको चौथो वर्षमा यर्मियाले भनेका वचनहरू एउटा चर्मपत्रमा लेखे, तब यर्मिया अगमवक्ताले बारूकलाई यसो भने:
2“याहवेह इस्राएलका परमेश्‍वरले, तिमीलाई यसो भन्‍नुहुन्छ, बारूक:
3तैँले भनिस् ‘धिक्‍कार छ मलाई! याहवेहले मेरो दुःखमा पीडा थपिदिनुभएको छ; म सुस्केरा मार्दा-मार्दा थकित भएको छु र मलाई कतै पनि आराम छैनँ।’ ”
4तर याहवेहले मलाई तिमीलाई यसो भन् भनेर भन्‍नुभएको छ, “याहवेह यसो भन्‍नुहुन्छ: ‘मैले जे बनाएको छु, त्यो म भत्काउनेछु, मैले देशभरि जे रोपेको छु, त्यो म उखेलिदिनेछु।
5त्यसो भए के तैँलेचाहिँ आफ्नो निम्ति महान् कुराहरू खोज्दैछस्? ती कुराहरू नखोज्। याहवेह घोषणा गर्नुहुन्छ; किनकि म सबै मानिसहरूमाथि विपत्ति ल्याउनेछु, तर तँ जहाँ गए तापनि म तँलाई लुटको मालसरह जीवितै उम्कन दिनेछु।’ ”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.