Barefoot Isaiah in a modest linen garment warning Jerusalem's leaders as fully clothed captives pass nearby

यशैया 20

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1अश्शूरका राजा सर्गोनले पठाएका सेनापतिले अश्दोदमा आएर त्यसलाई कब्जा गरे।
2त्यस बेला याहवेह आमोजका छोरा यशैयाद्वारा बोल्नुभयो। उहाँले तिनलाई भन्‍नुभयो, “आफ्नो शरीरबाट भाङ्ग्रा र आफ्ना खुट्टाबाट जुत्ता फुकाल्।” अनि तिनले त्यसै गरे; तिनी नाङ्गो र खाली खुट्टा यताउता हिँड्न थाले।
3तब याहवेहले भन्‍नुभयो, “मेरो सेवक यशैया इजिप्ट र कूश देशको निम्ति एउटा चिन्ह र पाठ स्वरूप तीन वर्षसम्म नाङ्गो र खाली खुट्टा हिँड्यो;
4त्यसरी नै अश्शूरका राजाले इजिप्टका कैदीहरू र कूशी निर्वासितहरू, जवान र वृद्धहरूलाई नाङ्गो र खाली खुट्टा, जाँघसमेत देखिने गरी इजिप्टलाई शर्ममा पार्न बन्दी बनाएर लैजानेछ।
5कूशमा भरोसा राख्नेहरू र इजिप्टमा घमण्ड गर्नेहरू डराउनेछन् र शर्ममा पर्नेछन्।
6त्यस दिन समुद्रका किनारमा बस्‍नेहरूले यसो भन्‍नेछन्; ‘हेर, हामीले जसमाथि भरोसा राखेका थियौँ, अश्शूरका राजाबाट उम्कनलाई सहायता माग्न हामी जसकहाँ भागेका थियौँ, तिनीहरूकै अवस्था यस्तो भएको छ! तब हामी कसरी उम्कौँला?’ ”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.