Joyful families drawing clear water from wells and singing together beneath Jerusalem's morning light

यशैया 12

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1त्यस दिन तिमीहरू भन्‍नेछौ: “हे याहवेह, म तपाईंको प्रशंसा गर्नेछु। तपाईं मसित रिसाउनुभए तापनि तपाईंको रिस अब मरेको छ; अनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ।
2निश्‍चय नै परमेश्‍वर मेरा उद्धार हुनुहुन्छ; म भरोसा गर्नेछु र डराउनेछैनँ। याहवेह, याहवेह नै मेरा सामर्थ्य र मेरा रक्षक हुनुहुन्छ; निश्‍चय नै उहाँ मेरा उद्धार हुनुहुन्छ।”
3आनन्दसित तिमीहरूले उद्धारको इनारबाट पानी भर्नेछौ।
4त्यस दिन तिमीहरू भन्‍नेछौ: “याहवेहलाई धन्यवाद देओ, उहाँको नामलाई पुकार; उहाँले गर्नुभएका कुराहरू जातिहरूलाई बताइदेओ; अनि उहाँको नाम उच्‍च पारिएको छ भनी घोषणा गर।
5याहवेहका निम्ति भजन गाओ; किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ; यो कुरा सारा संसारले जानोस्।
6हे सियोनका मानिस हो, उच्‍च सोरले कराओ र आनन्दले गाओ; किनकि तिमीहरूका बीचमा इस्राएलका पवित्र परमेश्‍वर महान् हुनुहुन्छ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.