Mordecai listening to families and elders at the palace gate above a flourishing landscape

एस्तर 10

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1राजा अहासूरसले राज्यभरि अन्तिम सिमानासम्म राजकर तिर्न लगाए।
2अनि तिनको शक्ति र पराक्रमका सबै कामहरू, राजाले मोर्दकैलाई पदोन्‍नति गरेका कुराहरू, साथै तिनको महानताका सम्पूर्ण विवरणहरू, मादी र परसीयाका राजाहरूका इतिहासका पुस्तकहरूमा लेखिएका छन्।
3यहूदी मोर्दकै, राजा अहासूरसपछि दोस्रो दर्जामा थिए। यहूदीहरूका बीचमा सर्वश्रेष्‍ठ र आफ्ना सबै यहूदीहरूद्वारा सम्मानित थिए; किनकि तिनले आफ्ना मानिसहरूका भलाइको काम गरेका थिए, र सारा यहूदीहरूको भलाइका निम्ति बोलेका थिए।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.